
डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ
काठमाडौं, २० पुस । काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गाबाट एक करोड ४७ लाखसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
स्रोत नखुलेको रकम बोकेका ३० वर्षीय अमित कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।
उनी कपिलवस्तुबाट काठमाडौं आउन लागेको बेला नागढुङ्गामा उनको निजी सवारी जाँच गर्ने क्रममा सो रकम फेला परेको बताएको छ ।
सो रकम हुण्डीका लागि प्रयोग गरिन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ । रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस