
दाहसंस्कार स्थलको छानो खस्दा २५ जनाको मृत्यु
एजेन्सी, २० पुस । भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा दाहसंस्कार स्थलको छानो खस्दा २५ जनाको मृत्यु भएको छ ।
कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । छतको अवशेष मुनि थुप्रै मानिसहरु दबिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।
एक ब्यक्तिको मृत्युपछि अन्त्यिेष्टिका लागि थुप्रै मानिसहरु त्यहाँ गएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन ।
त्यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पीडितहरुलाई राहत उपलब्ध गराउन निर्देशन दिएका छन ।
प्रतिक्रिया दिनुहोस