
आज देशभरको मौसम कस्तो रहन्छ ?
काठमाडौं, २० पुस । हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ ।
हाल देशभरको मौसम सामान्य बदली रहेको छ। काठमाडौंको आजको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहने छ ।
त्यस्तै अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभरको मौसममा सामान्य बदली रहने सम्भावना देखिएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती र प्रदेश न। १ का पहाडी भू–भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी आज राति देशभरको मौसममा सामान्य बदली रहने सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना पनि देखिएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुका केही स्थानहरु तथा बागमती र प्रदेश न. १ का पहाडी भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।