३ जेष्ठ २०७८, सोमबार

संक्रमण भन्दा निको हुनेको संख्या बढ्यो

काठमाडौं, १९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आइतबार ६ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन् भने १८७८ जनाको मृत्यु भएको छ ।

हाल ५४८७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १९६६ जना होम आइसोलेसनमा छन् भने १९९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

0
Would love your thoughts, please comment.x
()
x