८ बैशाख २०७८, बुधबार

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा

एजेन्सी, १९ पुस । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा सेल्टा डी भिगोलाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टा डी भिगोलाई दुई शुन्य गोल अन्तरले पराजित गरेको हो ।

खेलमा जित दर्ता गरेसँगै १७ खेलबाट रियल मड्रिड ३६ अंकसहित शीर्ष स्थानमा पुगेको हो । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३५ अंक छ । उसले ४ खेलमात्र खेलेको छ । ​

रियलको जितका लागि लुकास भाञ्क्वेजले खेलको सुरुवाती ६ मिनेटमै पहिलो गोल गरेका थिए । पहिलो हाफमा एक शुन्य गोल अन्तरको अग्रता लिएको रियलले दोस्रो हाफमा थप एक गोल गरेको हो ।

खेलको ५३औं मिनेटमा मार्को एसेन्सिओले गोल गर्दै रियललाई दुई शुन्य गोल अन्तरको जिति दिलाएका हुन

प्रतिक्रिया दिनुहोस