११ माघ २०७७, आईतवार

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै

काठमाडौं, १८ पुस । देशभर पछिल्लो २४ घण्टामा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ४ सय १९ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ । यीमध्ये ५ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन् ।

देशभर पछिल्लो २४ घण्टामा ७ सय ५० जनाले कोरोना सक्रमण जितेका छन् । मन्त्रालयकाअनुसार देशभर कुल २ लाख ५३ हजार ८ सय ५७ जनाले कोराना संक्रमणलाई जितेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको निधन भएको छ । थपिएका ६ जनासहित देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या हजार ८ सय ७० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस