८ बैशाख २०७८, बुधबार

कारको ठक्कर बाट चितवनमा बाघको मृत्यु

म आज र अहिले सिमरा देखि हेटौंडा जानेक्रमा एउटा प्राईभेट गाडी ले जीतपुरसिमरा उपमहानगरपालिका स्थित पथलैया राजस्व ढाट बाट करिबकरिब ५मिनेट दुरीमा पर्सा रास्ट्रीय निकुञ्ज नजिकै र यसै निकुञ्ज अन्तर्गतको यो पाटे बाघलाई गाडी को गति तिव्र भएको कारणले बाघ सडकपार गरेर जाने क्रममा ठक्कर दिएर मारेको छ।बाघलाई अन्त कतै चोटपटक लागेको छैन,मात्रै टाउकोमा गम्भीर चोट लागेर सडकमा बजारिन पुगेर मृत्युु भएको जस्तो देखिन्छ र जहाँ बाघ मर्यो त्यो क्षेत्र र सडक भरी “सावधान, जनावरहरु बाटो काट्ने ठाउँ” भन्दै विभिन्न चेतना र खबरदारी युक्ति होर्डिङ बोर्ड हरु समेत प्रशस्तै रहेछ छ…।तिव्र गति जिवनको क्षति भनेको मानव मात्रै नभएर जंगलका हरेक जिवजनावरलाई समेत लागू हुन्छ हैन र?जीवनमा नजिकै बाट बाघ हेर्ने मेरो रहर थियो तर आज आएर दु:खद तरिकाले बाघ मरेको अवस्थामा पूरा भयो जुन कदापि म चाहन्न् थिए।हैन वन्यजन्तु रह्ने र सडक काट्ने क्षेत्रमा र अझै जानकारी को लागि त्यत्रो होर्डिङ बोर्डहरु राखेको देख्दादेख्दै पनि किन मानिसहरूले सवारीसाधन तिव्र गतिमा चलाउछन के?एक्कैछिन गन्तव्यमा पुग्न ढिलो भएर के भयो त?यस्तो दु:खद दुर्घटना त घट्दैन थियो होला नि?

:समयाक चौलागाईं

प्रतिक्रिया दिनुहोस