३ माघ २०७७, शनिबार

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गतेदेखि

काठमाडौं, १७ पुस । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गतेदेखि हुने भएको छ । प्रदेश सरकारले अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेको अवस्थामा प्रदेश सभाको अधिवेशनको सिफारिस प्रदेश मन्त्रिपरिषद्ले गरेको हो ।

यसअघि सत्तारुढ नेकपाको केन्द्रमा राजनीतिक विभाजन भएसँगै बागमती प्रदेशमा प्रचण्डमाधव समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास दर्ता गरेको थियो । प्रचण्डमाधव समूहले आफ्नो दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गर्दै मुख्यमन्त्रीको प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस