२ माघ २०७७, शुक्रबार

राष्ट्रियसभाका एकजना सांसद र पाँच जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, १७ पुस । राष्ट्रियसभा बैठक सुरु गर्नुअघि गरिएको कोरोना परीक्षणमा एकजना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशनअघि कोरोना परीक्षण गरिएका मध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाका ४१ सांसदसहित ९७ जनाको हिजो कोरोना परीक्षण गरिएकोमा ६ जनामा भाइरस पुष्टि भएको हो। कोरोना जाँचको रिपोर्ट भने आज आएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन आज अपराह्न ४ बजेदेखि सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस