५ माघ २०७७, सोमबार

सासु आमालाई चिठ्ठी


आदरणीय सासु आमामा नमस्कार !
कुशल रही कुशलताको कामना गर्न चाहन्छु । आजको संसार अचम्मको छ र म पनि अचम्म गर्दै छु । अचम्म यो मानेमा की अविवाहित पुरुषले सासुआमाको नाममा पत्र लेख्दैछु र यो पत्र सम्पूर्ण छोरीका आमाहरु प्रति समर्पित गर्न चाहन्छु र यो पत्रलाई कुनै पनि हिसावले लैंगिक रुपमा नलिइकन एउटा आग्रहको रुपमा मात्र लिन अनुरोध गर्दछु ।
समाज परिवर्तनशील छ र समाजसंगै सामाजिक व्यवहारमा पनि परिवर्तन हुदै आएको छ । पछिल्लो समयमा भएको एक महत्वपूर्ण विकासको रुपमा महिला शिक्षा र महिलासशक्तिकरणलाई पनि एकका रुपमा लिन सकिन्छ । तपाइहरु कतिपयको समयमा स्कुल जाने कुरा, पेशा व्यवसायमा समावेश हुने कुरा कल्पनामा मात्र सीमित थियो । हाल विद्यालयतह र विश्वविद्यालयको तथ्यांक र श्रम शक्ति सर्वेक्षण हेर्ने हो भने महिलाको हिस्सा दिन २ गुना रात ४ गुना बढदै छ भन्नु अत्तुक्ति नहोला र यसलाइ सकारात्मक रुपमा लिनु पर्छ भन्ने मलाइ लाग्दछ । यहाँहरुले कति कष्ट सहेर छोरीहरुलाइ पेशा व्यवसायमा समावेश हुन सक्षम बनाइदिएको सन्दर्भमा यहाँहरुको योगदानलाइ उच्च मूल्यांकन गर्न चाहन्छु ।
भनिन्छ एउटा पुरुषको सफलता पछाडी महिलाका विशेष हात हुन्छ । केही अपवादमा बाहेक यसलाइ हामी सबैले स्वीकार गरेको तथ्थ नै हो । पुरुष जति नै सफल र उस्कीे श्रीमति जति नै कमजोर भए तापनि कतिपय समयमा महिलाहरु नै हावी भएको समाजमा देखेकै छौ । विवाह अगाडी भान्छामा नछिरेका पुरुषहरु विवाह पश्चात पाककलामा पोख्त भएको देख्दा यसलाइ पुष्टी गरेको छ । विवाह अगाडी आफुभन्दा अग्रज विवाहित महिलाहरुले सासु ससुरा , श्रीमान लगाएतका परिवारसंग गर्ने व्यवहारका वारेमा विशेष प्रशिक्षण दिने गरेको भन्ने सुन्नमा पाइन्छ र अधिकांस महिलाहरुले सोही बमोजिम गर्ने गरेको पनि पाइन्छ । वास्तवमा नै त्यी व्यवहार सिकाएर राम्रै गनुभएको जस्तो लाग्छ ।
हाम्रो समाजमा छोरी जन्मने वित्तिकै पराइ घर जाने जात र केही गल्ती गर्दा कसरी घर गरी खाली भनेर गाली गर्ने प्रचलन छ र त्यो गालीले नै महिलाहरुलाई श्रीमानको घर पराई नै हुने र सासु ससुरा जहिले खराव नै हुन्छन भावना विकास भएको हुन्छ । म त्यो मानशिकता परिवर्तन गरी श्रीमानको घर पनि तिम्रै घर हो भन्ने भावना विकास गराउन अनुरोध गर्दछु । सासु ससुरा पनि बाबु आमा नै हुन । म र तिम्रा बाबालाइ गर्ने व्यवहार जस्तै गर उहाँहरुलाई पनि भनेर सिकाउनु होला । माइत जादाँ चाडो चाडो चल्ने पाइला झै घर जाँदा पनि त्यसैगरी चलोस, माइत गएर आमालाइ सघाउँदा खुसी भए जसरी नै घरमा सासु ससुरालाई पनि सम्मान गर, माइत जादाँ ठूलो हुने झोला कसे झै सासु ससुरालाइ उत्तिकै माया गर भन्ने संस्कार सिकाइदिनु होला । हिजोसम्म मिलेर बसेको परिवार र त्यो सम्बन्धमा तिम्रो प्रवेशले दरार सिर्जना नगरोस ।
अन्तमा तिम्रो भाउजु बुहारीले तिम्रा बा आमालाई जस्तो व्यवहार गरोस भन्ने चाह हुन्छ तिमी पनि सासु ससुरालाई त्यस्तै व्यवहार गर । पारिवारिक संरचना परिवर्तन हुदै छ । श्रीमान श्रीमति नै पेशा व्यवसायमा समावेश हुन थालेका छन । हामीले तिम्रो सफलताको लागि जति मेहनत गरे छौ उहाँहरुले पनि त्यति नै दुख गर्नुभएको छ । तिम्रो माया र सदभावले उनीहरुको जिन्दगी सफल हुनेछ । सबैभन्दा ठूलो कुरा उनीहरु भैतारीदै वृद्धाश्रम जानु नपरोस र उनीहरुको आखाँमा बुढेसकालमा देखिने खुसी नै सवैभन्दा ठूलो धर्म हो । तिमीले सासु ससुरालाई जस्तो व्यवहार गर्छौ तिमी पछि छोरा बुहारी बाट त्यस्तै व्यवहार पाउछौ भन्ने कुरा सिकाइदिनु होला ।
धन्यावाद ।

-विश्वास ढकाल

प्रतिक्रिया दिनुहोस