१५ माघ २०७७, बिहीबार

एन एमबि बैंक तेस्रोपटक बैंक अफ दि इयर

काठमाडौँ । एन एमबि बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित गरिएको छ । सो सम्मान बैंकले विगत चार वर्षमा तेश्रौं पटक प्राप्त गरेको हो ।

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालन गरि १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापनागर्न सफल भएको छ ।

एन एमबि बैंक Global Alliance for Banking on Values (GABV) को नेपालमा एक मात्रै “क”वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दीगो मूल्यमान्यतामा आधारित बैंकिङ्ग सेवाको प्रवर्धनमा लागि परेको छ जसकारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था Partnership forCarbon Accounting Financials (PCAF) को स्टिअरिङ्ग कमिटिको सदस्य बैंकको रुपमा ABN AMRO, Morgan Stanley जस्ता संसारकै उत्कृष्ट बैंकहरुका साथ साझा एजेन्डामा काम गर्ने मौका प्राप्त भएको छ ।

एनएमबि बैंक विदेशी लगानीकर्ता संस्थाहरुका लागि नेपाली वित्तबजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक हो जसको फलस्वरुप बैंक कठिन समयमा पनि मुलुक भित्र उल्लेख्य वैदेशिक लगानी भियाउन सफल भएको छ । यस बैंकले नेपालमा वातावरणीय तथा सामाजीक जोखिम व्यवस्थापन नीति लागू गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।

बैंक अफ दि इयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसका विजेताहरुलाई बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितका लागि गरिने पहलहरु जस्ता विभिन्न मापदण्डहरुबाट मूल्याङ्कन गरिन्छ ।

विगत चार वर्षमा यस बैंकलाई तेश्रौं पटक उक्त गरिमामयी उपाधिबाट सम्मानित गरिएकोमा हामी अन्यन्तै हर्षविभोर भएका छौं । विश्व समुदायनै कोभिड१९ को महामारीबाट गुज्रिरहेको यस कठिन घडीमा पाएको यो बैंक अफ दि इयर २०२० को सम्मान हाम्रा कर्मचारीहरुले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, कामप्रतिको समर्पण, दीगो व्यवसाय विस्तारप्रतिको ऐक्यवद्घताका साथै यस बैंकको आदरणीय सञ्चालक समितिको निर्देशनतथा सम्पूर्ण सरोकारवालाहरुको अनवरत सहयोगको प्रतिफलहो बैंकद्वारा जारी विज्ञप्तिमा जनाएको हो ।

प्रतिक्रिया दिनुहोस