१५ माघ २०७७, बिहीबार

बुधबार पनि संक्रमितको भन्दा निको हुनेहरुको संख्या धेरै

काठमाडौँ, १७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ५ सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

पछिल्लो  २४ घण्टा ८ हजार ३०० सय पीसीआर परीक्षण भएको छ। हाल देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित छन् भने ६ सय ५ जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया दिनुहोस