३ जेष्ठ २०७८, सोमबार

आइतबार थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?

काठमाडौँ, १४ मंसिर नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा २१, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा २, झापामा ४१, ताप्लेजुङमा ३, पाँचथरमा २, मोरङमा ७३, संखुवासभामा ७, सुनसरीमा २०, सोलुखुम्बुमा ७, धनुषामा २, पर्सामा ११, बारामा ९, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा ७, सर्लाहीमा २, सिरहामा ३, काठमाडौँमा ४२२, काभ्रेमा २१, चितवनमा २६, दोलखामा ७ र धादिङमा ३ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै नुवाकोटमा २, भक्तपुरमा ६५, मकवानपुरमा १०, रामेछापका १, ललितपुरमा ६१, सिन्धुपाल्चोकमा ३, सिन्धुलीमा २, कास्कीमा ८३, गोरखामा २६, तनहुँमा १६, नवलपरासीपूर्वमा २१, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ४, स्याङ्जामा १०, अर्घाखाँचीमा ४, कपिलवस्तुमा १५, दाङमा ४, नवलपरासीमा २, पाल्पामा १२, प्यूठानमा ३, बर्दियामा ७, बाँकेमा १७, रुपन्देहीमा ३५, अछाममा ५, कञ्चनपुरमा १५, कैलालीमा ९८, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा २, बझाङमा ७ र बैतडीमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हाल देशभर ३६१ जना संक्रमितको आईसीयु र ५३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भरहेको छ। गत २४ घन्टामा ८ हजार ८ पीसीआर परीक्षण भएको छ।

0
Would love your thoughts, please comment.x
()
x