१७ मंसिर २०७७, बुधबार

कोरोनाको तथ्यांक र नेपालको अस्ली अवस्था फरक

आज बढादशैंको सुभ अवसरको दिन पनि, घर परिवार, रीतिरिवाजलाई बिर्सेर महामारीसंग लडिरहेका सबैलाई नमन। अवस्था झन् झन् नाजुक बन्दै गएको बेला पनि जनहितकालागि लडिरहेका सबै स्वास्थाकर्मीलाइ धेरै धेरै धन्यबाद। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत ९ कार्तिक सम्ममा नेपालमा ३ हजार ३३६ जना कोरोना निको हुनुभएको थियो। जससंगै अहिलेसम्म निको हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ भने मृतक संख्या ८४७ छ। त्यसै गरि देशभर ४६ हजार ४१९ कोरोना संक्रमित अझै पनि छन्। अहिलेसम्मको तथ्यांकले पनि सहि अवस्था झल्काएको छ त? आज वर्ष भरिकै सबैभन्दा ठुलो चाडको दिन परिक्षण गर्न गराउन कति जना गएका होला त? तथ्यांक कै भरमा नेपालमा स्तिथि सुधार आएको हो कि, मात्र परिक्षणको मात्र घटेको हो , केहि भन्न सकिदैन तसर्थ सचेत र सुरक्षित रहन नभुल्नु होला। दिनहु स्तिथि सुधार आएको भएपनि, बिरामी हुने , अवस्था नाजुक हुने, र ज्यान गुमाउने क्रम त जारि नै छ। अहिले पनि ७० जना भेन्टिलेटर र ३०७ जना आइसियुमा छन् । देशभर अझैपनि आइ सी यु को कमि छदै छ र कतिपय जनता रोगको उपचारगर्ने छ्यमता नभएको र प्राये त रोगको लक्षण पनि हल्का नै हुने भएकोले पनि टेस्ट नगरिरहेका हुन सक्छन। अहिलेसम्मको तथ्यांक हेर्दा लाग्छ नेपाल चाडै कोरोना मुक्त पनि हुन सक्ला तर साथसाथै जनताले एसको मार त लामो समय सम्मै भोग्न पर्ने हुन सक्ने देखिन्छ। अहिलेसम्म आजको तथ्यांक भने आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस