१८ मंसिर २०७७, बिहीबार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पत्नी हिसिलालाई कोरोना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।

पूर्वमन्त्री तथा भट्टराईकी पत्नी हिसिला यमी पनि संक्रमित भएको डा भट्टराईले ट्विटमार्फत जानकारी गराएक छन् ।

’हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो’, भट्टराईले ट्वविटमा लेखेका छन् ।

उनले चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु ’होम आइसोलेसन’मा नै रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस