१८ मंसिर २०७७, बिहीबार

कालमान्डू बन्दै गयो राजधानी, काठमाडौँमा मात्रै ५१ हजार भन्दा बढी संक्रमित

कोरोनको हटस्पट बन्दै गएको काठमाडौँ उपत्यकामा कुल संक्रमित ५०,००० नागिसक्दा पनि यसको रोकथामका लागि सरकार द्वारा कुनै कदम चलेको खासै देखिएको छैन । पछिल्लो तथ्यांक अनुसार, काठमाडौँ जिल्लामा मात्रै नै ५०,००० संक्रमित नागेर आहिलेको कुल ५१ हजार ८४७ संक्रमित थपिसके जसमा ३२ हजार ९९५ पुरुष संक्रमित र १८८९२ महिला संक्रमित रहेका छन। अहिले त सरकारले पनि हात उठाएर जनतालाइ कोरना सम्बन्धित खर्च आफै बेहोर्न भनेपछि आम जनताले एस माहामारी संग लड्ने हौशला पनि कसरि पाउने त? खासमा कोरोना लागिहाल्दा पनि रुघा खोकी ज्वोरो र मुखमा स्वाद नआउने जस्ता लक्षण भएता पनि पूर्ण रुपमा निको हुन कमसेकम १ महिना त लाग्छ न। तेसमाथि, रोग आफुलाई लाग्ने भन्दा बादी त परिवार र आफन्त जन लाइ लाग्ला भन्ने त्रास सबैको मन र दिमाग मा छ। खस गरि कोरोनाको त्रास भनेकै यसको लक्षण र यसको मृत्युदर भन्दा पनि यो कति सजिलै एक बाट आर्को मा फैलिने गर्दछ तेस कारण हो। अब एस्तो अवस्था मा सरकार ले हास खाए आम जनताले कसरि यसको सामना गर्ने हो त ? के सरकारले यसको जवाब दिन सक्दछ? दिर्गरोगी जनतालाइ त कोरोना लाग्नासाथ मृत्युकै मुखमा पुगे झैँ हुदो हो र तथ्याङ्कले पनि यो कुरा लै सहमति गर्छ। के तेस्ता जनता प्रति सरकार ले केहि गर्दिन सक्दैन? सम्पूर्ण काठमाडौँ बासि त एक न एक पल्ट कोरोना संक्रमित हुन्छन नै जसरि यो महामारी फैलिएको बेला आखिर सरकारले कहिलेसम्म मुख लुकाएर, चुप्प बसेर, मरे मर, बाचे वाच भनेर लापरवाही गर्ने हो? शायद रोकथाम गर्नका लागि जनता आफै सचेत हुनु मात्र अन्तिम उपाय छ , सचेत , सुरक्षित र सजग हुनु मात्र कोरोन संग लड्ने एक मात्र उपाय जस्तो देखिदैछ। यो काल मान्डू बन्दै गएको हाम्रो राझधानी मात्र कि त प्रभुको भरमा कि त अरु बिकसित राष्ट्र द्वारा केहि खोप उपचार आए तेस्को भर मा छ, हैन त सरकार?

प्रतिक्रिया दिनुहोस