१७ मंसिर २०७७, बुधबार

कोरोनाको त्रास बढ्दै , संक्रमित दर निको हुने भन्दा डबल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६६८ जना कोरोना निको हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १७ संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ भने मृतक संख्या ८२९ पुगेको छ। त्यसै गरि आज देशभर ४ हजार ४४९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ४४९ जनालाई कोरोना पुष्टि भएको हो । 

आजै काठमाडौं उपत्यकामा मात्रै २७२० संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ००८ पुगेको छ भने निको हुनेको संख्या १ लाख ५ हजार ४८८पुगेको छ ।

प्रतिक्रिया दिनुहोस