१८ मंसिर २०७७, बिहीबार

अमेरिकी कोरोना खोप बजारमा आउंदै

एजेन्सी अमेरिकामा अबको दुई महिनामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउन सक्ने नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले बताएका छन् । बुधबार उनले कोरोनाको खोप रोग पत्ता लागेको एक वर्षभित्रै खोप पत्ता लाग्न लागेको भन्दै यो महत्वपूर्ण हुने बताए ।

एक समारोहमा बोल्दै कोलिन्सले भने, ‘हामी खोप पाउने दिशामा अघि बढिरहेका छौँ, मलाई विश्वास छ कि अबको दुई महिनाभित्र कोरोनाविरुद्धको कम्तीमा एउटा तेस्रो चरणको क्लिनिकल परीक्षणमा सुरक्षित र प्रभावकारी भएको खोप आउनेछ ।’ यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अबको केही सातामा नै कोरोनाविरुद्धको खोप आउने बताएका थिए । पछिल्लो समय विश्वभर नै कोरोनाविरुद्धको विभिन्न खोप निर्माणको काम भइरहेको छ । अहिले तेस्रो चरणको क्लिनिकल परीक्षणमा रहेका केही खोपको परीक्षणको नतिजा नोभेम्बरसम्मा आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस