८ कार्तिक २०७७, शनिबार

५ अंकले घट्यो नेप्से , झन्डै साढे १ अर्बको कारोबार

0

काठमाडौँ । आज साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५.६६ अंकले घटेको छ । आज ११ बजे १५६२.४६ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ०.३६ प्रतिशतले घटेर १५५६.८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज १८७ कम्पनीको ४३ लाख ५२ हजार सेयर खरिदबिक्री हुँदा १ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। व्यापार समूहको उपसूचक १३.२ र निर्विवन बिमा ३१.५८ ले बढेको छ भने अरु सबै समूहका उपसूचक घटेको छ। बैंकिङ समूहको उपसूचक ६.०२, होटल १.८२, विकास बैंक २९.१९, जलविद्युत् ५.०६, फाइनान्स १.६, उत्पादन १४.४२, अन्य १.५४, माइक्रोफाइनान्स ११.२३, बिमा १८.९८ र म्युचुअल फण्ड ०.०४ अंकले घटेको छ। यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये दुई उपसमुह भने हरियोमा नै कायम रहेको छ । आज जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले बढी कमाएका छन् भने राइरिङ हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

Facebook Comments
0