७ कार्तिक २०७७, शुक्रबार

अमेरिकामा रेलको ठक्करबाट एक नेपाली युवतीको मृत्यु

0

न्युयोर्क । न्युयोर्कको क्वीन्स उडसाईडमा रेलको ठक्करबाट नेपाली महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई न्युयोर्कमै बस्दै आएकी पारू श्रेष्ठको निधन भएको हो ।
लङ आइल्याण्ड रेल रोडको रेलले मंगलबार बिहान ५ बजे ठक्कर दिंदा श्रेष्ठको निधन भएको हो । उनलाई जिनाको नामले चिनिदै आएको थियो ।
कामबाट फर्केपछि उनी राती ११ बजेतिर घरबाट निस्केको जनाईएको छ । त्यसको भोलिपल्ट विहान ट्रेनको ठक्करबाट निधन भएको हो । त्यतिबेला न्युयोर्कमा लगातार पानी परिरहेको थियो ।
एमटीए प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । तर प्रहरीले यो घटना कुनै आपराधिक घटनासँग सम्बन्धित भएको आशंका भने गरेको छैन ।
उनको दाहसंस्कार आगामी शनिवार गरिने जनाईएको छ ।
रेलको ठक्करपछि उनको घटना स्थलमै निधन भएको थियो । घटना पछि केहीबेर जमैका र पेन स्टेसन बीच यातायात रोकिएको थियो ।
अनधिकृत रुपमा उक्त स्थानमा प्रवेश गर्दा सामान बोक्ने रेलले उनलाई ठक्कर दिएको प्रहरीले बताएका छन् ।
उक्त घटना पहि चिकित्सा टोली त्यहाँ पुगेका थिए । उक्त टोलीले श्रेष्ठलाई मृत घोषणा गरेको हो । यो समाचार खसोखास डटकमले छापेको छ।

Facebook Comments
0