१० कार्तिक २०७७, सोमबार

काठमाडौँमा २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि

1+

३० असोज काठमाडौँ । वितेको २४ घण्टामा काठमाडौँ जिल्लामा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना देखिएको छ भने उपत्यकामा २ हजार ४०२ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ ।
शुक्रवार नेपालमा कोरोनाभाइरसका ४ हजार ३९२ जना नया संक्रमितहरु फेला परेका छन् । १६ हजार ५३१ नमुना परिक्षणमा सो मात्रामा संक्रमितहरु देखिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार ५ सय २२ जना निको भइ घर गएका छन् ।
अहिले देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।त्यस्तै क्वारेन्टीमा ४ हजार ८ सय ८ रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ भने निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ । यस अवधिमा २१ जनाको निधन भएको छ भने निधन हुनेहरुको संख्या ७ सय १५ पुगेको छ ।

Facebook Comments
1+
प्रतिक्रिया दिनुहोस