१० कार्तिक २०७७, सोमबार

शिव र ब्रह्‍माजी आए पनि ५ लाख टन मल ल्याउन सम्भव छैन : कृषिमन्त्री भुसाल

0

काठमाण्डाै – कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रह्माजी आए पनि पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन् । शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिक टन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका छन्। कोलकाताको पोस्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताए ।

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताए । अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनबारे कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उनले बताए । उनले कृषि प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सके मात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव हुने बताए ।  कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इनपुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए । तर त्यसमा पनि धेरै काम गर्न नसकेको उनले स्वीकार गरे । किसानलाई बैंकको ब्याजदरमा अनुदान दिने बाहेक केही गर्न नसकेको उनको भनाई छ । कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरुलाई मन्त्री भुसालले सम्मान गरेका छन् ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस