७ कार्तिक २०७७, शुक्रबार

भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर लागेको पुष्टि

0

एजेन्सी, ३० असोज ।भारतीय चलचित्र अभिनेता सञ्जय दत्तलाई क्यान्सर रोग लागेकोे पत्ता लागेको छ । भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आइरहेकोमा शुक्रवार उनलाई क्यान्सर भएको कुरा पुष्टि भएकोे हो । यसबारे उनी संवयमले नै सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले “चाँडै क्यान्सरलाई परास्त गर्ने” विश्वास व्यक्त गरेका छन्। अहिलेसम्म १५० वटाभन्दा बढी चलिचित्रमा अभिनय गरेका दत्तले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने सुरु गर्ने बताएका छन्। गत अगस्ट महिनामा सास फेर्न गाह्रो भएपछि उनको कोभिड – १९ परीक्षण गरिएको थियो। तर उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको देखिएन।

त्यसपछि मुम्बईस्थित लीलावती अस्पतालमा विभिन्न परीक्षण गरियो। फोक्सोको क्यान्सर देखिएको अपुष्ट समाचारअनुसार आएकै बेला उनले औषधोपचारका लागि कामबाट छोटो बिदा लिने बताएका थिए।सञ्जय दत्तले सन् २००९ मा समाजवादी पार्टीका लागि निर्वाचन प्रचारप्रसार गरेका थिए सञ्जय दत्त र उनकी पत्नी मान्यताले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्नै प्रशंसकहरूलाई उनको अवस्थाबारे चिन्ता नलिन वा अनावश्यक अनुमान नगर्नू आग्रह गरेका छन्। आफ्ना केशविन्यासकार आलिम हकिमको सलोनमा खिचिएको भिडिओमा दत्तले देब्रे आँखीभौँदेखि टाउकोको छेउसम्म बनेको एउटा दाग देखाएका छन्।

दत्तले नयाँ चलचित्रको छायाङ्कनमा जान पाउने भएकोमा प्रसन्नता व्यक्त गरेका छन्।सन् २०१३ मा पाँच वर्ष जेल परेपछि उनको अभिनययात्रामा विश्राम लागेको थियो। सन् १९९३ मा मुम्बईमा भएका विस्फोटन र बन्दुकसम्बन्धी मुद्दामा उनी दोषी ठहर भएका थिए। ती घटनामा २५७ मानिसको ज्यान गएको थियो भने ७१३ जना घाइते भएका थिए। तर सन् २०१६ मा कारागरबाट छुटेपछि उनी फेरि चलचित्र उद्योगमा फर्किए।उनले त्यसपछि अभिनय गरेका केही चलचित्रहरू धेरै सफल भए। रणवीर कपूरले अभिनय गरेको दत्तको जीवनकथामा आधारित चलचित्र धेरै चल्यो। सञ्जय दत्तले आफू लागुपदार्थको दुर्व्यसन र मुम्बई घटनामा दोषी ठहर भएको विषयमा खुलेरै अन्तर्वार्ता दिएका छन्। ती घटनाले आफूलाई बलियो बनाएको उनको भनाइ छ। उनकी आमा नरगिसको सन् १९८१ मा र पहिली पत्ती ऋचा शर्माको १९९६ मा क्यान्सरकै कारण मृत्यु भएको थियो। उनका बुवा सुनील दत्त र आमा नरगिस दुवै जना कलाकार थिए। सुनीत दत्त पछि राजनीतिमा पनि लागेको बीबीसीले जनाएको छ ।

Facebook Comments
0