१० कार्तिक २०७७, सोमबार

सानिमाको आइपीओ बाँडफाँड : करिब ६ लाख आवेदकको हाल खाली

0

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले जारी गरेको प्राथमिक साधारण सेयर (आईपीओ) शुक्रबार विहान बाँडफाँड भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटले यस कम्पनीको प्रिमाइजमा विहान साढे ८ बजे आइपीओ एलोटमेन्ट भएको हो । कम्पनीले निष्कासन गरेको कुल ३० लाख कित्ता साधारण सेयरमध्ये एक लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । जसमा कुुल आवेदक मध्ये ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खालि भएको छ।

कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्। त्यस्तै ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता शेयरको आवेदन रद्ध भएको छ । कम्पनीले असोज २१ देखि २५ सम्म सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि आवेदन खुलाएको थियो । त्यसमा आठ लाख ८३ हजार ६२३ जनाबाट एक करोड ९० लाख १२ हजार ३४० कित्ताका लागि आवेदन परेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । यसको जारी पुँजी एक अर्ब रहेको छ । सर्वसाधारणलाई जारी गरेको सेयर बिक्री पछि यसको पुँजी एक अर्ब पुग्ने भएको छ । गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २.६६ र प्रतिसेयर नेटवर्थ १०६.३९ रहेको छ ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस