१४ कार्तिक २०७७, शुक्रबार

मन्त्रीहरुले शपथ लिएकै दिन सचिवहरुको सरुवा, को कहाँ ?

1+

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद  बैठकले केहि सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । प्रधानमन्त्री तथा  मन्त्रिपरिषद कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने र यादव कोइरालालाई क्रमशः उपराष्ट्रपतिको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।त्यस्तै सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ।
काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ। भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको र खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा गरिएको छ।
जल तथा उर्जा आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
1+