७ कार्तिक २०७७, शुक्रबार

यस्तो छ आजको सुनको मूल्य

2+

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । आज सुन ९४ हजार ५०० मा कारोबार भइरहेको छ । आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको हो । मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुधबार ९४ हजार ५ सयमा कारोबार भएको थियो । मूल्य आज पनि उही रहेको छ । यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ ।
यसैगरी बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय ५ मा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैया घटेको छ । आज १२ सय रुपैयामा चाँदी कारोबार भइरहेको छ ।

Facebook Comments
2+