७ कार्तिक २०७७, शुक्रबार

सरकारले कोरोना बीमा गरेकाहरुको निःशुल्क उपचार नगर्ने

0

काठमाडौँ । सरकारले कोरोना बीमा गरेकाहरुको हकमा निःशुल्क उपचार नगर्ने भएको छ।

बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गर्ने बताए। सरकारले संक्रमित व्यक्तिले कोरोना बिमा गरेको भए खर्च बिमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने प्रवक्ता डा। गौतमले बताए।

सरकारले जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र जोखिम क्षेत्रमा कार्यरतमा कर्मचारीमा लक्षण देखिए मात्रै निःशुल्क परीक्षण गर्ने उनले जानकारी दिए।

Facebook Comments
0