१० कार्तिक २०७७, सोमबार

प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल पुनर्गठन : ईश्वरको रक्षा मन्त्रालय खोसियो, अर्थमा पौडेल

1+

काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयबाट ईश्वर पोखरेललाई हटाए भने अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गरेका छन् ।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल रक्षाबाट हटेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएका छन् । त्यस्तै कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी महिला मन्त्री पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् ।
अहिले अर्थमन्त्री बन्नुभएका पौडेल यस अघि पनि अर्थमन्त्री बनेका थिए ।
योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानले मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी बढाउन अनुमति दिएको छैन । नया मन्त्री बनाउनुपरेको खण्डमा हाल मन्त्री रहेका ब्यक्तिलाई हटाउनुपर्ने हुन्छ । नया थपिएका मन्त्रीहरुको शपथ भने भोली विहान साढे ११ बजे हुने बताइएको छ ।

Facebook Comments
1+
प्रतिक्रिया दिनुहोस