१० कार्तिक २०७७, सोमबार

रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

0

२७ असोज, काठमाडौँ । यहाँ छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलमा एक जनाको बेवारिसे शव फेला परेको छ भने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
सियारी गाउँपालिका–१ नागथानका ४० वर्षीय कृष्णबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । नहरबाट मोटर लगाई पानी तानी आफ्नै बारीमा लगाउने क्रममा बिहान ११ः५० बजे उहाँलाई करेन्ट लागेको थियो ।
यस्तै बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित सिद्धार्थ राजमार्गको नालीमा बिहान बेवारिसे शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटी लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षणका राखिएको जनाइएको छ ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस