१४ कार्तिक २०७७, शुक्रबार

काठमाडौँमा भेटिए २ हजार १२९ संक्रमित

1+

२७ असोज, काठमाडौँ ।
काठमाडौँ जिल्लामा १ हजार ७४७, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा २ हजार १२९ जना नया विरामीहरु थपिएका छन् ।
मंगलबार नेपालमा ३ हजार ५५६ जना नया संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको कुल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । त्यसैगरी गत २४ घण्टामा १५०३ जना निको भए सँगै कुल निको हुनेहरुको संख्या ७८ हजार ७८० पुगेको छ । यस्तै यस अवधिमा १८ जनाको निधन भएको छ । हाल देशमा कोरोनाको कारण ६६३ जनाको मृत्यु भएको छ ।
क्वारेन्टीनमा ४ हजार ७ सय ९५ जना रहेका छन् भने ३५ हजार ९१५ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
1+