४ कार्तिक २०७७, मंगलवार

काठमाडौँमा मात्रै २ हजार २८३ संक्रमित थपिए

1+

काठमाडौँ, २६ असोज । काठमाडौँ उपत्यकामा २ हजार २८३ जना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौँ जिल्लाका १ हजार ८ सय ८८, भक्तपुरमा १ सय ८८ तथा ललितपुरमा २७७ जना रहेका छन् । सोमबार नेपालमा ४ हजार ४७जनालाई कोेरोना पुष्टि भएको छ । १४ हजार ५३० नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । हाल देशभर ३३ हजार ८८० जना संक्रिय संक्रमित रहेका छन् भने ४ हजार ८३१ जना क्वारेन्टीनमा रहेका छन् ।
गत २४ घण्टामा १४७३ जना निको भएसँगै हालसम्म ७७ हजार २ सय ७७ जना निको भएका छन् । यसै गरी यस अवधिमा ९ जनाको निधन भएसँगै कोरोनाको कारण मृत्यु हुनेहरुको संख्या ६४५ पुगेको छ ।

Facebook Comments
1+