५ कार्तिक २०७७, बुधबार

काठमाडौँमा १ हजार ४ सय १६ संक्रमित थपिए

0

२५ असोज, काठमाडौँ । आइतवार काठमाडौँ १४१६ जना नया संक्रमितहरु थपिएका छन् । काठमाडौँमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जना संक्रमितहरु देखिएका हुन् । यसैगरी आज देशमा कोेरोनाभाइरसका २०७१ जना नया संक्रमितहरु थपिएका छन् । १२ हजार ४२७ नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमितहरु देखिएका हुन् । यो सँगै हाल संक्रमितहरुको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । यसैगरी १ हजार ५५२ जना निको भएका छन भने निको हुनेहरुको संख्या ७५ हजार ८०७ पुगेको छ ।३१ हजार ३१५ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
यसैगरी आइतवार २२ जनाको कोरोना संक्रमण देखिएका विभिन्न रोगहरुको कारण निधन भएसँगै अहिलेसम्म निधन हुनेहरुको संख्या ६३६ पुगेको छ ।

Facebook Comments
0