११ कार्तिक २०७७, मंगलवार

कोरोनाको कारण थप १२ जनाको निधन

0

२५ असोज, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लोपटक नेपालमा थप १२ जनाको मृत्युु भएको छ । संक्रमणबाट भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा। प्रमोद पौडेलले जानकारी दिए । उता सेती प्रादेशिक अस्पतालमा उपचाररत् धनगढीका कोराना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको आज विहान मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

यस्तै संक्रमणबाट रुपन्देहीका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् । उता, बाँकेमा गए राति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका – ८ गोल्छाका ७१ वर्षीया महिला र नेपालगन्ज उपमहानगरपालिका –१० का ८४ वर्षीय एक पुरूषको पनि मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। यसैगरी, विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको गयराति मृत्यु भएको छ । सुनसरीका एक वृद्ध पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । यसैगरी, चितवन मेडिकल कलेज र धुलिखेल अस्पतालमा एक–एक जना संक्रमितको मृत्यु भएको छ ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस