४ कार्तिक २०७७, मंगलवार

काठमाडौँमा २ हजार ५ सय ४० जनामा कोरोनाभाइरस पुष्टि

0

काठमाडौँ ।
काठमाडौँ उपत्यकामा २ हजार ५ सय ४० जनालाई कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८५ जना काठमाडौँ जिल्लाका संक्रमितहरु हुन भने, १३५ जना भक्तपुरका तथा ३२० जना ललितपुरका रहेका छन् ।
यसैगरी विहिबार नेपालमा ४ हजार ३ सय ६४ जना नया संक्रमितहरु थपिएका छन् । १८ हजार ४७३ नमुना परिक्षणमा सो मात्रामा संक्रमितहरु भेटिएका हुन् । अहिले देशमा संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
त्यसैगरी गत २४ घण्टामा २ हजार ६७५ संक्रमितहरु निको भएसँगै देशभर निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
हाल नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
यसैगरी यस अवधिमा १२ जनाको निधन भएको छ भने यो सँगै कुल निधन हुनेहरुको संख्या ५९० पुगेको छ ।

Facebook Comments
0