११ कार्तिक २०७७, मंगलवार

सानिमा जनरल इन्सुरेन्सको आइपिओ खुल्यो

1+

काठमाडौँ । सानिमा जनरल इन्सुरेन्सको आइपीओ आजबाट ( असोज २१ गते)  बिक्री खुला भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत (१ लाख २० हजार कित्ता) सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको छ भने  ५ प्रतिशत (१ लाख ५० हजार कित्ता) म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

कम्पनीको आईपिओमा छिटोमा असोज २५ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेमा कार्तिक ६ गतेसम्म आवेदन दिन सकिने छ ।  आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।  तर कम्पनीको आईपिओमा गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त देखिदैन ।   कम्पनीले आइपीओ निष्कासनको लागि  एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धका नियुक्त गरेको छ ।  हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ । कम्पनी हाल घाटामा रहेको छ भने आर्थिक बर्ष ७९/८० बाट मात्र लाभांश दिन सक्ने देखिन्छ ।

इच्छुक लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौँ, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । मेरो शेयरमार्फत आईपीओ भर्नको लागि क्यापिटलबाट डिम्याट नम्बर र मेरो शेयर खाता खोलेको साथै बैंकबाट सीआरएन नम्बर लिएको हुनुपर्नेछ ।

Facebook Comments
1+
प्रतिक्रिया दिनुहोस