८ कार्तिक २०७७, शनिबार

विश्वमा करिब ८० करोड मानिसलाई कोरोना लागेको हुन सक्ने

0

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले हाल विश्वमा १० प्रतिशत जनसंख्यालाई कोरोनाभाइरस संक्रमण भएको हुन सक्ने बताएको हो । स्वीट्जरल्याण्डको जेनेभामा बसेको संगठनको विशेष बैठकले विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने निश्कर्ष निकालेको हो ।
बीबीसीका अनुसार महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न बोलाइएको बैठकमा यसो भनिएको हो ।
हाल विश्वभर तीन करोड ५४ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भने करिब १० लाख ५० हजार मानिसहरुले ज्यान गुमाएका छन् । तर डब्ल्यूएचओले सङ्क्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको अनुमान गरेको छ । विज्ञहरुले यसअघि पनि वास्तविक सङ्क्रमितको संख्या पुष्टि भएको भन्दा निकै धेरै रहेको बताउँदै आएका छन् ।
चीनबाट शुरु भएको महामारी हाल विश्वभर फैलिएको छ । चीन हाल सामान्य जीवनमा फर्किेदै गर्दा अन्य देशहरुमा महामारी ब्याप्त छ । केही देशहरुमा संक्रमणको दोस्रो लहर समेत शुरु भएको छ ।

Facebook Comments
0