४ कार्तिक २०७७, मंगलवार

दाङको विपक्षमा मतदान गर्न काँग्रेसको ह्विप

0

बुटवल, २० असोज । प्रदेश ५ को राजधानीको विषयमा संसदमा भाँडभैलोको अवस्था छ । नेकपाले आफ्ना सांसदहरुलाई दाङको पक्षमा मतदान गर्न ह्विप जारी गर्दै गर्दा काँग्रेसले भने त्यसको विरुद्धमा मतदान गर्न ह्विप जारी गरेको छ । सोमबारको बैठकमा नाराबाजी र तोडफोड गरेका सांसदहरुले आजको बैठकमा पनि विरोध गर्ने जनाएका छन् ।

कांग्रेस सचेतक निर्मला क्षेत्रीले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको बताइन् । सरकारले बहुमतको दम्भ देखाएर प्रस्ताव मतदान गर्नमा लगेको खण्डमा त्यसको विरद्धमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरिएको काँग्रेसले जनाएको छ । यता नेपाली कांग्रेसको राप्ती पारीका सांसदहरुले भने पार्टीको ह्वीप नमान्ने बताएका छन् ।

Facebook Comments
0