४ कार्तिक २०७७, मंगलवार

दमक नगरप्रमुखलाई कोरोना संक्रमण

0

झापा–झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओली लाई कोरोना संक्रमण पुष्टि  भएको छ। नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो। उनकी पत्नी र छोरालाई समेत कोरोना पोजेटिभ देखिएको छ।

मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए। नगरप्रमुखसहित एक वडाध्यक्षलाई  संक्रमण  पुष्टि भएपछि नगरपालिका मंगलबारदेखि ४ दिनका लागि बन्द गरिएको छ।रासस

Facebook Comments
0