७ कार्तिक २०७७, शुक्रबार

सांसद गगन थापालाई कोरोना संक्रमण

1+

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद गगन थापालाई कोरोना संक्रमण देखिएको छ ।

असोज १५ गते पार्टी कार्यालयमा भएको परिक्षणको नतिजा शनिवार आएसँगै कोरोना पोजेटिभ देखिएको थापाले बताएका छन् । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका उनले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै आफु संक्रमित भएको र अवस्था सामान्य भएको बताए ।

त्यसैगरी उनले आफुुसँग सम्पर्कमा आएका हरुलाई सचेत रहन र कुनै स्वास्थ्य समस्या परेको खण्डमा स्वास्थ्यकर्मीकहाँ सम्पर्क गर्न समेत आग्रह गरे । उनी अहिले घरमै आइसोलेसनमा बसेका छन् । यसबारे जानकारी दिदै उनले फेसबुकमा लेखेका छन् । – ‘असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।

Facebook Comments
1+