११ कार्तिक २०७७, मंगलवार

बाजुराको कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

0

बाजुरा । बाजुराकोे हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन ।

बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उहाँकी ३ छोरी र १ छोरा रहेका छन् । आज दिउसोँ खोलामा नुहाउन गएका बेला छोराछोरी सहित आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताए ।

बेपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोषी नेपाली बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेको प्रहरी निरीक्षक ठगुन्नाले बताए । उनीहरु कसरी डुबेका हुन भन्ने बिषयमा बिस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सो खोलामा हरेक बर्ष ५ ÷ ६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन् । बेपत्ता भएकाहरूको अहिले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस