१५ कार्तिक २०७७, शनिबार

नेपालमा एकैदिन थपिए २ हजार ७ सय २२ संक्रमित

1+

१६ असोज, काठमाडौँ । शुक्रवार नेपालमा कोरोनाभाइरसका २ हजार ७ सय २२ विरामीहरु थपिएका छन् । जुन हाल सम्म कै धेरै संक्रमित संख्या हो । यस अघि अधिकतम २०२० जना दैनिक संक्रमण संख्या थियो । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३ सय ७ जना निको भइ घर गएका छन् । यसैगरी यस अवधिमा ११ जनाको निधन भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ भने निको हुनेहरुको संख्या ६० हजार ६९६ पुगेको छ । त्यसैगरी ५२० जनाले यस भाइरसको कारण ज्यान गुमाएका छन् । हालसम्म १० लाख ४८ हजार ६८६ नमुना परिक्षण गरिएको छ भने ४८८५ जना क्वारेन्टीनमा रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
1+