३ कार्तिक २०७७, सोमबार

प्रदेश ५ को राजधानी दाङ राख्ने सहमति

2+

काठमाडौँ । सरकार गठन भएसँगै देखी नाम र राजधानी तोक्न नसकेर विवादको भुमरीमा परेको प्रदेश ५ सरकारले दाङलाई राजधानी बनाउने भएको छ । स्थायी राजधानी दाङ र नाम लुम्बिनी राख्ने गरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेका छन् ।

उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा दाङलाई राजधानी बनाउने सहमति भई सोही अनुसारको परिपत्र प्रदेश ५ लाई गरिएको थियो ।

यस विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राजधानी दाङ तोक्ने सहमति भएको भएसँगै उक्त परिपत्र गरिएको एक नेताले जनाए ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सोही प्रदेशका नेकपा इन्चार्ज समेत हुन भने उनले चुनाव देखी नै दाङलाई राजधानी बनाउने नारा अघि सारेका थिए । यस विषयमा नेकपा का नेताहरु बीचमा दुई थरी मत रहेको थियो । भने बुटवल र दाङ राजधानी माग्दै दुवै क्षेत्रका जनताहरुले यटक पटक आवाज पनि उठाउने गरेका छन् । प्रदेश ५ को राजधानी बुटवलमै राख्ने कि दाङमा राख्ने भन्नेमा नेकपाभित्र ठूलो विवाद छ। नेकपा महासचिव विष्णु पौडेलले बुटवल राजधानी हुनुपर्ने भन्दै चुनावी एजेन्डा नै बनाएका थिए मुख्यमन्त्री पोखरेलको जोड दाङमा रहेको थियो ।

Facebook Comments
2+