५ कार्तिक २०७७, बुधबार

बलात्कारपछि हत्या गरिएकी सम्झनाको ८ दिनपछि दाहसंस्कार

0

बझाङ- बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा-२ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेर दाहसंस्कार गरेका हुन्।शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारबाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताएका छन्।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शवको दाहसंस्कार गर्ने सहमति भएको र सोहीअनुसार दाहसंस्कार भएको बझाङका सहायक प्रमुख जिल्ला अधिकारीले रामबहादुर सार्कीले बताए। गृह मन्त्रालयका सचिवले फोनमार्फत् बालिकाका आफ्न्तलाई १० लाख  दिने बताएकोसमेत सहायक प्रजिअ सार्कीले जानकारी दिए। 

Facebook Comments
0