११ कार्तिक २०७७, मंगलवार

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्स हस्पिटल बीच सम्झौता

0

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Hospital for Advanced Medicine & Surgery (HAMS) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरूको बीमा लेखको सीमासम्म हयाम्स हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन -Cash Less Hospitalization_ सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा श्रेष्ठले ह्याम्स हस्पिटलले आप्mना ग्राहक महानुभावहरूलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग IGI औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरूलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन संयुक्त जारी विज्ञप्तिबाट आह्वान गरेको छ ।

Facebook Comments
0
प्रतिक्रिया दिनुहोस