५ कार्तिक २०७७, बुधबार

भारतमा ८० हजार कोरोना संक्रमित थपिए

0

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ४७२ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६२ लाख २५ हजार ७६३ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा छ । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९७ हजार ४९७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १७९ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा छन् ।

Facebook Comments
0