११ कार्तिक २०७७, मंगलवार

श्रीलाली गुराँस २२औ वर्ष प्रवेशका अवसरमा सुरु गर्यो एटिएम सेवा

1+

ललितपुर । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१औंवर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । २२औ वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गरेका थिए ।

उहाँले २२ वर्ष अवधिमा संस्थाले आफ्नो लगानीमा आज असोज १५ गतेबाट श्री लालीगुँरास दुग्ध प्रसोधन उद्योग स्थापना गरी दुग्धजन्य पदार्थ बिक्री गर्न शुरु गरेको घोषणा गर्नुभयो । संस्थाले गोदाबरीमा दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरी व्यावसायीक रुपमा दुध, दही, मोही, नौनी, ध्युको बिक्रि वितरण शुरु गरेको वार्षिकोत्सव कार्यक्रममा बताइएको थियो ।

 चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ठ संस्थाको पहिचान बनाउन सफल यस सहकारीले आफ्ना सदस्यलाई थप सुविधा दिदै जाने प्रतिबद्धता जनाएको छ ।

संस्थाका  प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरू अगाडि बढाउँदै लैजाने बताउनुभयो । संस्थाले आजैबाट संस्थाको एटिएम सेवा सुरु गरेको छ ।

पुल्चोकस्थित मुख्य कार्याललयमा राखिएको एटिएममा आजैबाट सेवा दिनेछ । अब सबै शेयर सदस्य एटिएम सेवा लिन सक्ने संस्थाले संस्थाले जनाएको छ । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले निकट भविष्यमा आफ्ना अन्य सेवा सुविधा काउण्टरमा एटिएम बुथ स्थापना गरी सोही स्थानबाट सेवा दिने बताएका छन् ।

ललितपुरको चापागाउँ, काठमाडौँ चाबहिल र न्युरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर सञ्चालन गरेको संस्थाले आफ्ना शेयर सदस्यहरूलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरू उपलब्ध गराएको बतायो । संस्थामा हाल झण्डै २१ हजार शेयर सदस्य हुनका साथै ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको पनि वार्षिकोत्सव कार्यक्रममा बताइयो ।

डिभिजन सहकारी कार्यालय ललितपुरमा २०५६ साल भदौ १८ गते दर्ता भई २०५६ साल आश्विन १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री लालीगुराँस राष्ट्रियमावि  र लालीगँुरास कलेज प्रालि तथा अन्य विद्यालय तथा कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षाक्षेत्र तर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय मावि÷कलेज प्रा.लि., डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी छ ।

 संस्थाले आफ्नो सेवालाई  स्तरीय, सरलीकृत तथा प्रभावकारी बनाउन आफ्ना कर्मचारीलाई अभिमुखिकरण र अन्य तालि प्रदान गर्दै आई रहेको छ ।  संस्थाले आगामी वर्ष आफ्ना सदस्यलाई थप सुविधा दिन  उपत्यकाका विभिन्न स्थान विभिन्न क्षेत्र  र जिल्लामा  सेवाहरु विस्तार गर्ने भएको छ  ।  संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले पछिल्लो समय सहकारी क्षेत्रलाई संकुचित पार्दै गएको बताउनुभयो ।

उहाले ब्याजदर घटाउने, एक व्यक्तिले एउटा सहकारीमा मात्र सदस्य हुन पाउने जस्ता अब्यवहारिक नीति ल्याएर दुःख दिन थालेको उल्लेख गर्नुभयो ।

नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष समेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले सहकारी क्षेत्रलाई  हेर्ने दृष्टीकोण फरक हुनुपर्ने बताउँदै नकरात्कम दृष्टीकोणलाई परिवर्तन गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो ।

संस्थाले वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्नेभएको छ ।

संस्थाको २२औं वार्षिकोसवको सुखद उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण शेयरसदस्य महानुभावहरु तथा शुभचिन्तकहरुबाट आगामी वर्षहरुमा समेत सुझाव, सल्लाह तथा सहयोग पाई रहनेमा हामी विश्वस्त रहेको पनि बताउँदै आगामी दिनहरुमा यस संस्थाबाट सदस्यहरूलाई प्रदान गरिने सेवा सुविधाहरू थप प्रभावकारी रुपमा प्रदान गरिने व्यहोरा समेत जानकारी गराउँदछौं । साथै सदस्यहरूको सदैभ साथ र सहयोगको अपेक्षा गरेका छौँ ।

Facebook Comments
1+
प्रतिक्रिया दिनुहोस