३ कार्तिक २०७७, सोमबार

उपत्यकामा हालसम्मकै धेरै संक्रमित फेला

2+

काठमाडौँ । काठमाडौँ उपत्यकामा दैनिकमात्रामा कोरोना संक्रमणको नया कीर्तिमानी देखिएकोे छ । आज मात्रै ९३४ जनाका कोरोना देखिएको हो । सबैभन्दा धेरै ७४७ जना काठमाडौँ जिल्लामा संक्रमित भेटिएका छन् भने ललितपुरमा ११४ जनामा कोरोना देखिएको छ । त्यस्तै भक्तपुरमा ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।
मंगलबार देशभर १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ८९१ ज्नाको परिक्षण गर्दा सो मात्रामा पोजेटिभ केसहरु देखिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ७३१ जना वितेको २४ घण्टामा निको भई घर गएका छन् । त्यसैगरी यस अवधिमा १० जनाले यस महामारीको कारण ज्यान गुमााएका छन् ।
यस सँगै देशभर कोरोना संक्रमित हुनेहरुको संख्या ७६ हजार २५८ जना पुगेको छ भने निको हुनेहरुको संख्या ५५ हजार ३७१ जना निकोे भएका छन् । त्यस्तै निधन हुनेहरुको संख्या ४९१ पुगेको छ । हाल देशभर ५७७८ जना क्वारेन्टीनमा रहेका छन् भने विभिन्न आइसोलेसनमा रहनेहरुको संख्या २० हजार ३९६ पुगेको छ ।

Facebook Comments
2+