७ कार्तिक २०७७, शुक्रबार

अर्बभन्दा माथिको गौचरण जमिन व्यक्तिको नाममा दर्ता !

2+

बारा । बारा निजगढ नगरपालिका वडा नम्बर ९ स्थित कित्ता नम्बर १३० को पर्ति जमिन सार्वजनिक जग्गा भुमाफियाको कब्जामा रहेको छ ।

साविक निजगढ गाविस वडा नम्बर ८ को पुर्व-पश्चिम राजमार्ग नजिक बकैया पुल ड्याम छेउको दुई बिगाहा सात कठ्ठा १८ धुर पर्ति जमिन सार्वजनिक जग्गालाई सार्वजनिक नैं गर्नु पर्ने माग सहित बिभिन्न समयमा बिरोध तथा सडक आन्दोलन समेत भएको थियो ।

निजगढमा वस्ति विस्तार हुँदाको बेला देखि नैं सो जमिन स्थानीयले गाई भैंसी चराउँने गौचरणको रुपमा प्रयोग गर्दै आएको र २०३७ सालमा सर्वे नापी हुदा समेत किसानको नाम , थर वतनको महलमा उक्त जमिन पर्ति गौचरण भनेर लेखिएको उल्लेख गरेको छ ।

हालको अवस्थामा पनि उक्त जमिनमा शव दाह संस्कार स्थान , कृयापुत्री बस्ने घर, राजमार्गको डाइर्भशन र बाटो निर्माण गरेर निजगढ बासीले सार्वजनिक रुपमा नैं प्रयोग हुँदै आएको छ ।

व्यक्तिको नाममा किर्ते दर्ता गरिएको जमिन सार्वजनिक गर्न निजगगढ बासीले सडक आन्दोलन देखि मालपोत कार्यालय बारामा उजुरी र जिल्ला अदालत बारामा मुद्दा समेत हालेको पुर्व गाविस प्रमुख तथा निजगढ सरोकार समितिका संयोजक एक बहादुर श्रेष्ठले बताए ।

दुषित दर्ता वदरको लागि तत्कालिन निजगढ गाविसको तर्फबाट मालपोत कार्यालयमा पटक-पटक गरिएको आग्रहमा कार्यालयले कुँनै सुनुवाई गरेको थिएन । भने अदालतमा परेको मुद्दा पनि हाल सम्म बिचाराधिन अवस्थामा रहेको सरोकार समितिका संयोजक श्रेष्ठले बताए । निजगढ सरोकार समितिको तर्फबाट आँफुले ६ महिना अघि केन्द्रिय कार्यालय काठमाण्डौं पुगेर उजुरी दिए पछि हाल आयोगले छानबिन थालेको पनि श्रेष्ठले बताए ।

यता निजगढ नगरपालिकका उपमेर लिलादेवी लामिछाने खनालले पनि आँफुहरु उक्त जग्गा दर्ता बदर गराउँने तर्फ लागेको भन्दै जति सक्दो चाँडो सार्वजनिक बनाइँने बताएकी छन् । निजगढ नगरपालिकाले गैरकानुनी तवरले दर्ता गरी सरकारी जमिन हिनामिना भएको भन्ने उजुरीका आधारमा यस जग्गाको बारेमा आफ्नों राय पठाएको उपमेयर लामिछाने खनालले बताईन् ।

यस अघि २०४८ सालमा परेको उजुरीमा तत्कालिन भुमी सुधार तथा व्यवस्था मन्त्रालयबाट कारवाही अघि बढाउन भएको तोक आदेश पछि मालपोत कार्यालयबाट खटी आएका कर्मचारी समक्ष किर्ते दर्ता गर्ने मध्येका एक शेर बहादुर श्रेष्ठको समेत उपस्थितिमा स्थानीय जनप्रतिनिधि र ४/५ भन्दा बढी सर्वसाधारणले सन्धिसर्पण भएकोले उक्त जग्गा सार्वजनिक गराउनु पर्ने व्यहोराको सर्जमिन मुचुल्कामा सहि छाप र बयान समेत दिएका थिए ।

सो सर्जहमिनमा मुचुल्कामा किर्ते गर्ने भनिएका शेर बहादरले समेत सहि छाप गरेका छन् ।

पुर्व-पश्चिम राजमार्गसँग जोडिएको अर्बौं मुल्य पर्ने सो जग्गा २०४३ मंसिरमा मालपोत कार्यालय बाराका कर्मचारीको मिलेमतोमा आधिकारिक लिखत बिना नैं कित्ताकाट गरी हेटौंडा निवासी शेर बहादुर श्रेष्ठ, भवानी देवी लम्साल र ईन्द्र बहादुर बनेपालीले आफ्नों नाममा धनी पुर्जा बनाएका हुन ।

त्यस पछि उक्त जमिनमा पटक-पटक कित्ताकाट हुँदै हाल डेढ दर्जन भन्दा बढी व्यक्तिले धनी पुर्जा बनाएका छन् ।

२०३७ साल माघ १ गते सर्वे नापी हुदाको बखत नैं कित्ता नम्बर १३० को दुई बिघा सात कट्टा १७ धुर जग्गा पर्ती गौचरन भनी फिल्डबुकमा स्पष्ट उल्लेख छ, पछि कित्ताकाट गर्दा त्यसलाई काटेर सार्वजनिक जग्गालाई व्यक्ति विशेषको नाममा दर्ता गर्ने प्रयास भएको हो ।

किर्ते पुर्जा बनाउँनेहरुले आँफू अनुकूल भोगचलनको विषयलाई लिएर जिल्ला अदालतमा दायर भएको सो जग्गाको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

पछिल्लो समय प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल , काठमाण्डौं तराई जोड्ने द्रुतमार्ग , विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) , पथलैया–बिरगंज व्यापारिक मार्ग लगायत महत्वपूर्ण आयोजनाका कारण बाराको दक्षिणी क्षेत्रको जग्गाको मूल्य ह्वात्तै बढेको छ ।

अहिले पूर्व-पश्चिम राजमार्गसँग जोडिएको यस जग्गाको मूल्य एक अर्ब भन्दा माथी रहेको अभियन्ता रबिराज दंगालले बताए ।

यता नगरपालिकाले फिल्डबुकमा समेत पर्ती गौचरण महल खाली भनी उल्लेख भएको जग्गा मालपोत कार्यालय बाराको आधिकारिक लिखित बिनैं हेटौंडा निवासी शेर बहादुर श्रेष्ठ , भवानी देवी लम्साल र ईन्द्र बहादुर बनेपालीको नाममा किर्ते दर्ता गरी भोगचलन गर्न खोजिएकोले सो जग्गाको निजी श्रेस्ता कायम भएको भए सो श्रेस्ता बदर गरी सार्वजनिक पर्ती गौचरण नैं कायम गर्न नियम अनुसार आवश्यक प्रक्रिया बढाई दिनु हुँन आग्रह गरेको छ ।

निजगढमा बस्ती बिस्तार हुँदाको बेला देखि नैं सो जमिन स्थानीयले गाई भैंसी चराउँने गौचरणको रुपमा प्रयोग गर्दै आएको र २०३७ सालमा सर्वे नापी हुँदा समेत किसानको नाम , थर वतनको महलमा उक्त जमिन पर्ति गौचरण भनेर लेखिएको उल्लेख गरेको छ ।

हालको अवस्थामा पनि उक्त जमिनमा शव दाहसंस्कार स्थान , कृयापुत्री बस्ने घर , राजमार्गको डाईर्भशन र बाटो निर्माण गरेर निजगढ बासीले सार्वजनिक रुपमा नैं प्रयोग गर्दै आएका छन् ।

फिल्ड बुकमा ‘पर्ती गौचरन’ भनी उल्लेख उक्त जग्गामा निजगढका स्थानीयले गाई वस्तु चराउँने , दाहसंस्कार , दश कर्म गर्ने तथा किरियापुत्री घर निर्माण गरी प्रयोग गर्दै आएका छन् ।

यता यस जग्गाको बारेमा थप अनुसन्धान भैरहेकोले हाल नैं यो जग्गा कुँन प्रवृतिको हो, भन्न नसके पनि गौचरण लेखिएको ऐलानी पर्ती जग्गा सार्वजनिक गर्नु पर्ने आँफूहरुको धारण रहेको मालपोत कार्यालय सिमराका प्रमुख यादव आचार्यले बताए ।

हाल यस्तो जग्गाको सम्बन्धमा अनुसन्धान र छानबिन गर्ने काम जाँच बुझ आयोगको भएकोले उसले पनि काम गरिरहेको र त्यसमा मालपोत कार्यालयले आयोगलाई सहयोग गरिरहेको आचार्यले बताए ।

२०३४ सालको नापीमा पर्ती अर्थात् सरकारी जग्गामा रुपमा फिल्ड बुकमा दर्ता भएको यो जग्गा यति बेला ठेक्केदार कम्पनी गजुरमुखी निर्माण कम्पनी प्रालि. , रमण कन्स्ट्रक्सन प्रालि. लगायतका केही ठेक्केदार र व्यक्ति विशेषको नाममा पुगेको छ ।

बाराको निजगढ नगरपालिकाको वडा नम्बर ९ मा पर्ने बकैया पुल ड्याम छेउको गौचरन हो यो । स्थानीय बासिन्दाहरुले वर्षौं देखि गौचरन र मसानघाटका रुपमा प्रयोग गरिरहेको यो जग्गा यति बेला केही निर्माण कम्पनी र व्यक्ति विशेषको नाममा पुगेको छ ।दुई बिगाहा सात कठ्ठा १७ धुर अर्थात् झण्डै ३२ रोपनी क्षेत्रफलमा रहेको यो जग्गा भूमाफियाको कब्जामा पुगेको हो ।

मालपोत कार्यालय बाराको फिल्डबुकमा तत्कालीन समयमा यस जग्गालाई सार्वजकि गौचरन भनी उल्लेख गरिएको थियो । तर , राजमार्ग नजिकै रहेको यस जग्गालाई २०४३ मंसिर महिना मैं भूमाफिया, स्थानीय व्यक्ति र मालपोत कार्यालय बाराको मिलेमतोमा आधिकारिक लिखत बिना नैं कित्ताकाट गरी नामसारी गरिएको भेटिएको छ ।

निजगढका स्थानीयले वर्षौं देखि गौचरनका रुपमा प्रयोग गरिरहेको यो जमिनमा व्यापारीले कुँन दिन व्यापारिक भवन बनाउने हो थाहा छैन ।

सरकारी जग्गालाई मिलिभगतमा निजी जग्गा बनाएर बेच्ने र कब्जा जमाउने प्रयत्न भए पछि यति बेला निजगढ बासीले नयाँ ढङ्गको आन्दोलन सुरु गर्न लागेका छन् ।

Facebook Comments
2+