११ कार्तिक २०७७, मंगलवार

बुधबार पनि सुनचाँदीको मूल्यमा भारी गिरावट

2+

७ असोज, काठमाडौँ । बुधबार पनि सुनचाँदीको मूल्यमा पहिरो गएको छ । मंगलबार तोलामा १७०० रुपैयाँले घटेको सुनको मुल्य आज पनि १२ सय रुपैयाले कमी आएको हो। यो सँगै बुधबार छापावाला सुन ९४ हजार ३ सय तथा तेजाबी सुन ९३ हजहार ८ सयमा कारोबार भइरहेको छ । दुई दिनमा सुनको मूल्य तोलामा २९ सयले घटेको हो ।
मँगलबार प्रतितोला छापावाला सुन ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९५ हजार रुपैयाँ तोकिएको थियो ।

आइतबार सुनको भाउ स्थिर रहेको थियो। भने चाँदीको मूल्य घटेको थियो । सोमबार भने २ सय रुपैयाले मूल्य बढेको थियो । सोमबार प्रतितोला ९७ हजार २ सय मा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला चाँदीको भाउ १ हजार १९० रुपैयामा कारोबार भएको छ भने हिजो १ हजार २२० रुपैयाँ कायम भएको थियो। आइतवार चाँदी १३१५ रुपैयामा कारोबार भएको थियो । भने सोमबार १३२०मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आइरहेको गिरावटको प्रत्यक्ष असर नेपालमा परेको सुनचाँदी व्यवसायीहरु बताउँछन्। विश्व महामारी कोरोनाभाइरसविरुद्धका खोपहरुको विकास हुने सम्भावना बढ्दै जानु र अधिकांश देशले व्यापार–व्यवसाय खोल्न थाल्नुले पनि सुनको भाउमा गिरावट आउन थालेको उनीहरुको भनाइ छ। सुनको मूल्य अझै घट्न सक्ने अनुमान गरिएकोे छ ।

Facebook Comments
2+
प्रतिक्रिया दिनुहोस