५ कार्तिक २०७७, बुधबार

काठमाडौँमा थपिए ६४७ जना संक्रमित

0

६ आश्विन, काठमाडौँ । गएकोे २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ जिल्लामा ५११ ज्ना, भक्तपूरमा ६३ जना तथा ललितपुरमा ७३ जनामा संक्रमण देखिएको हो । हाल देशभरमध्ये आधा सबैभन्दा बढी संक्रमित उपत्यकामा रहेका छन् । यस्तै मंगलबार देशभर १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२३ जना गत २४ घण्टामा निको भई घर फिर्ता भएका छन् । त्यसैगरी यस अवधिमा २ जनाको कोेरोनाको कारण निधन भएको छ । हरेक दिन धेरै संख्यामा निधन भइरहेका घटना आएकामा गत २४ घण्टामा भने कम ब्यक्तिको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ भने निको हुनेहरुको संख्या ४८ हजार ६१ पुगेको छ । त्यस्तै निधनहुनेहरुको संख्या ४२९ पुगेको छ । यसैगरी हाल ७१७१ जना ब्यक्तिहरु क्वारेन्टीनमा रहेका छन भने १८ हजार १४२ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

Facebook Comments
0